कुशेश्वर माविलाई बजेटको अभाव हुँदैनः अध्यक्ष लामा



४ असार, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्र रहेका विद्यालयहरुको गुणस्तर सुधार गर्ने काममा लागेको बताएका छन् । उनले गुणस्तरीय शिक्षा विना समाजको रुपान्तरण नहुने बताउदै गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन् ।

सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविको ६२ औ बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले विद्यालयलाई आवश्यक पर्ने बजेट उपलब्ध गराउने काम गाउँपालिकाको बताए बताए ।

उनले भने,‘बजेट गाउँपालिकाले दिन्छ, शिक्षकहरुले गुणस्तरीय शिक्षा दिनु पर्यो, गाउँपालिकाभरीकै धेरै दरबन्दी भएको विद्यालयको गुणस्तर माथि उठन सकेको छैन्, विद्यालयलाई सबै मिलेर नमूना बनाउनु पर्यो ।’

उनले विद्यालयको गुणस्तर सुधारको लागि तत्काल योजना सहित अगाडि बढन विद्यालयलाई निर्देशन दिदै शहीद सुनापती क्याम्पसमा हाल अध्ययपन भइरहेको बाली विज्ञानमा विद्यार्थीको आकर्षण बढाउने कार्यमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले गाउँपालिकाभित्र नमूनाको रुपमा डहु माविजस्तै सबै विद्यालयहरुलाई गुणस्तरमा सुधार ल्याएर उत्कृष्ट बनाउनु पर्ने आवश्यकता रहेको बताए । उनले भने,‘इच्छा शक्ति भए परिवर्तन गर्न सम्भव छ, स्थानीय सरकार, शिक्षक अभिभाव सबै मिलेर कुशेश्वर माविलाई हालको अवस्थाबाट माथि उठाउनु पर्छ ।’


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव चालिसेले आफू विद्यालयको सुधारको लागि अहोरात्र लागि परेको बताउदै आगामी दिनेमा थप गुणस्तरीय शिक्षा दिने कार्यमा जुटने प्रतिबद्धता व्यक्त गरे ।

तस्बीरः सरस्वती रायमाझीबाट

प्रतिक्रिया दिनुहोस्