रामेछापमा महिला बलात्कृत घटनाः दोषी ट्रक छोडेर फरार, खोज्दै प्रहरी



४ असार, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङमा दुई महिना दिउसै बलात्कृत भएको घटनामा एक जना दोषी पक्राउ गर्न प्रहरीले थप दुई जनालाई पनि पक्राउ गर्न सक्रियता बढाएको छ । पीडितले उजुरी दिए लगत्तै जिल्लाको सबै नाका सिल गएर एक जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले फरार रहेका दुई जना दोषीलाई पनि छिट्टै पक्राउ गरिने रामेछाप बताए । जिल्ला प्रहरी कार्यालय रामेछापले दुई महिलालाई बलात्कृत गर्ने ना ७ ख ७२१५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइसकेको छ ।

सिन्धुलीको खुर्कोटमा प्रहरीले चेकिङ गर्ने क्रममा उक्त ट्रक छोडेर चालक र सहचालक फरार रहेका छन् । ‘घटनामा संलग्न दोषीको पहिचान भइसकेको छ, केही दिनभित्र नै पक्राउ पर्छन, प्रमुख भट्टराईले बताए । प्रहरीले घटना घटेलगत्तै सिन्धुलीका विजय मगरलाई भने पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्