नागरिकहरुको सुझावलाई आधार बनाएर योजना छनोट गछौः अध्यक्ष सुनुवार



५ असार, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७ मा समावेश गर्नुपर्ने योजनाको बारेमा नागरिकहरुसँग सुझाव मागेको छ । गाउँपालिकालाई समृद्ध बनाउने योजना छनोट गर्नको लागि सरोकारवाला निकायहरुसँग सुझाव मागेको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले नागरिकहरुको सुझावलाई आधार बनाएर मात्र विकास निर्माणको काम अगाडि बढाइएको बताउदै आगामी दिनमा पनि सोही कार्यक्रमलाई निरन्रतता दिने बताए । सुन्दर समृद्ध र विकसित उमाकुण्ड निर्माण गर्न गाउँपालिकावासीको सल्लाह सुझाव सधै आवश्यक भएको बताउदै नागरिकहरुले दिएको सुझावलाई बार्षिक नीति तथा कार्यक्रम र बजुटमा समावेश गर्ने रामेछाप न्युजलाई बताए ।

गाउँपालिकाले चालु आर्थिक बर्ष २०७५।०७६ को बजेट कार्यान्वयनको समिक्षा २०७६।०७७ को नीति तथा कार्यक्रम र योजना तर्जुमा कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले जनप्रतिनिधिहरुको मात्र इच्छा चाहना र योजनाले मात्र विकास सम्भव नरहेको बताउदै सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत ईश्वरी प्रसाद सुवेदीले हालसम्म भएका काम र आगामी योजनाको प्राथमिताको बारेमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, नागरिक समाज, बुद्धिजीविले योजना छनोट गर्दा समग्र गाउँपालिकाको हितलाई केन्द्रमा राखेर छनोट गर्न र विकास निर्माणको काममा पारदर्शी बनाएर अगाडि बढन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्