बिमला तामाङको रहस्यमय मृत्यु प्रकरणः सञ्जेल सहित तीन जना प्रहरी हिरासतमा



५ असार, काठमाडौं. ।
बौद्धको समता अस्पतालमामा कार्यरत कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ । अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।

तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो ।

कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो । काठमाडौं प्रहरी परिसरले भने जाहेरी प्राप्त भइनसकेकाले कानुनी प्रक्रिया पूरा गर्न म्याद थपिएको बताएको छ । स्रोतका अनुसार मंगलबार विमलाको ५ वर्षीया छोराको शिक्षा र अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने गरी सहमति भएको थियो । पोष्टमार्टमको पूर्ण रिपोर्ट शुक्रबार साँझसम्म आइपुग्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्