लिखु तामाकोसी गाउँपालिकामा भाँडभैलोः अध्यक्षले प्रअ कुटेपछि गाउँपालिकाका सबै विद्यालय बन्द



५ असार, रामेछाप ।
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा फेरि भाँडभैलो भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले सार्वजनिक कार्यक्रममा नै विद्यालयका प्रअलाई कुटेको भन्दै भोली गाउँपालिकाभित्रका २६ वटै विद्यालयमा पठनपाठन बन्द गर्ने घोषणा गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको आह्वानमा अरुणदय माविका प्रअ सन्तोष पौडेलमाथि गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले हात हालेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज बसेको बैठकले सांकेतिङक रुपमा भोली सबै विद्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकास्तरीय शिक्षक महास.घका उपाध्यक्ष धुव्र कुमार पौडेलले जानकारी दिए ।

अध्यक्ष खड्काबाट शिक्षकमाथि भएको हातपात र शैक्षिक ज्यादतीको विरद्ध एक दिने साङकेतिक हडताल गर्ने निर्णय भएको हुँदा उनले सबै विद्यालयका प्रअहरुलाई विद्यालय बन्द गर्न उनले आग्रह गरेका छन् ।
बुधबार राष्ट्रपति रनिङशिल्ड कार्यक्रमको छलफलको लागि बोलाइएको बैठक अध्यक्ष खड्काले पौडेललाई आक्रमण गरेको अरुणदय माविका प्रअ सन्तोष पौडेलले बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टेक प्रसास घिमिरे र सचिव मणि बहादुर बस्नेतद्धरा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा अध्यक्ष खड्काले बिषयप्रसंग बाहिरको शिक्षक छनोट बिषयमा उठान उठाएर बैठकमा नै आक्रमण गरिएको बताइएको छ ।


अध्यक्ष खड्काले हातपात गरेका पौडेल नेपाल शिक्षक संगठन रामेछापका कोषाअध्यक्ष हुन् । प्रअ पौडेलले सार्वजनिक रुपमा आफूमाथि भएको आक्रमणको बारेमा गाउँपालिकाका अध्यक्ष खड्काले माफी माग्नु पर्ने बताए । उनले आफूलाई अध्यक्ष खड्काले हातमा समातेर थप्पड हानेको बताउदै देख्ने साक्षी समेत रहेको दावी गरे ।
पौडेलको जागिर नै खाइदिन्छुः अध्यक्ष खड्का

गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले आफूले प्रअ सन्तोष पौडेलमाथि हातपात नगरेको दावी गरे । उनले रामेछाप न्युजसँग भने,‘मैले कहाँबाट हातपात गर्नु, छोएको पनि छैन, बरु प्रअ पौडेलले नै ममाथि औला ठडयाउने काम गरेका हुन् ।’ गलत काम गर्ने शिक्षकलाई गाउँपालिकाको नियम र कानुन अनुसार कारवाही हुने उनले चेतावनी दिए ।

भोली विद्यालय बन्द गर्ने निर्णयलाई कसरी लिनुहुन्छ भन्ने ज्ञिजासमा अध्यक्ष खड्काले भने,‘जसले भोली विद्यालय बन्द गर्छ, उसको जागिर नै खाइदिन्छु, विद्यालयमा अनावश्यक राजनीति गर्ने सन्तोष पौडेललाई पनि कानुन अनुसार जागिरबाट हटाइदिन्छु ।’

प्रतिक्रिया दिनुहोस्