बिमला तामाङको हत्यामा संलग्न दोषीलाई कारवाही नभएसम्म शव नबुझने आफन्तको अडान



६ असार, रामेछाप ।
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बाकी २७ बर्षिय बिमला तामाङको रहस्यमय हत्या भएको भन्दै दोषीलाई कानुनी कारवाही नभएसम्म आफन्तले शव नबुझने अडान लिएका छन् । अमता अस्पतालमा कार्यरत तामाङलाई षडयन्त्रपूर्व हत्या गरिएको भन्दै आफन्तहरुले दोषीलाई कडा कारवाही हुनुपर्ने अडान लिएका हुन् ।

बुधवार समता अस्पतालमा झुण्डिएको अवस्थामा तामाङको शव भेटिएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल अधिकारी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

बिमलाका जेठाजु हिरालाल योञ्जनले दोषीलाई कानुनी कारवाही नभएसम्म शव नबुझ्ने रामेछाप न्युजलाई बताए । घटना निकै षडयन्त्रपूर्वक घटाइएको छ, दोषीलाई कुनै पनि हालतमा कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो, उनले भने । घटनाका दोषी पत्ता लगाउनको लागि प्रहरी प्रशासनलाई आफूहरु सक्दो सहयोग गर्न तयार रहेको बताउदै उनले निष्पक्ष ढंगले छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने आफूहरुको माग भएको बताए ।

मृतक तामाङको परिवार दुई महिना अघि मात्र भारतबाट स्वेदश फर्किएको थियो । मृतकको एक छोरा छन् । पीडामा डुबेका आफन्तहरुले दोषीलाई कारवाही नभएसम्म कुनै पनि हालतमा शव नबुझ्ने अडान अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्