रामेछापकी १३ बर्षिय बालिकाको शव सुनकोसी नदीमा भेटियो



७ असार, रामेछाप ।
रामेछापकी एक बालिकाको शव सुनकोसी नदी किनारामा फेला परेको छ । रामेछाप नगरपालिका–७ की रेणुका श्रेष्ठको शव ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सुनकोशी नदि किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले नदी किनारामा फेला परेको शव श्रेष्ठको भए बताए । जेठ ३१ गते घरबाट हिँडेकी रेणुका घर नफर्किएपछि परिवारले छोरी हराएको भन्दै खोजी दिन प्रहरीलाई आग्रह गरेका थिए । आठ दिनपछि नदी किनारामा वेपत्ता श्रेष्ठको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्