मानबहादुर मन, भरत चौलागाईको धन र कान्छारामको डन खेरै गएको हो त ?



७ असार, रामेछाप ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष एवं नेकपा प्रदेश नम्बर तीनका प्रदेश सदस्य कमानसिंह मोक्तानले कांग्रेसका ४६ जना नेता कार्यकर्ता नेकपामा प्रवेश गरेपछि कांग्रेसका नेताहरुलाई व्याङग्य गरेका छन् ।

दोरम्बामा नेकपाका कार्यकर्ता कांग्रेसमा र कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गर्ने क्रम चलिरहेको छ । शनिवार दोरम्बा गाउँपालिका–४ गौश्वाराका ४६ जना नेता कार्यकर्ता कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका छन् ।

नेकपामा प्रवेश गरेसँगै दोरम्बा गाउँपालिकाका अध्यक्ष मोक्तानले आफ्नो फेसबुक पेजमा लेखेका छन–केही दिन अगाडि गौश्वारबाट कम्युनिष्टहरुले केही गरेन भनेर कांग्रेसतिर गएका थिएरे खल्लो लागेको थिायो, तर आजै नेकपामा सिंगो गौश्वार उल्टेरै प्रवेश गरेछ खुसी लाग्यो, मान बहादुरको मन, भरत चौलागाईको धन र कान्छारामको डर खैरै गाको हो त ?’

मानबहादुर तामाङ गत निर्वाचनमा दोरम्बा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचनमा उठेका थिए । उनी कमानसिंह मोक्तानसँग पराजित भएका थिए । तामाङ पेशाले निर्माण व्यवसायी हुन् । भरत चौलागाई पछिल्लो समयमा विद्यालय विद्यालय पुगेर शैक्षिक सामाग्री वितरण गर्दै राजनीतिक गतिविधि गर्दै आएका छन् भने निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ कान्छाराम गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस रामेछापबाट उम्मेदवार भएका थिए । उनी पनि श्यामकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्