प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः मन्थली माविले जित्यो



७ असार, रामेछाप ।
मन्थली नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीता मन्थली माविले जितेको छ । पठनपाठनमा नमूना विद्यालयको रुपमा पहिचान बनाएको मन्थली माविले खेलकुदमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम बन्न सफल भएको हो ।

प्रतियोगीतामा मन्थली मावि प्रथम, तामाकोशी इङलिस बोर्डिङ स्कुल द्धितिय र कर्कलादेवी इङलिस बोर्डिङ स्कुल तृतिय भए ।

नगरपालिकाभित्रका २१ वटा बिद्यालयहरुका सहभागी प्रतियोगीतामा मन्थली माविले विभिन्न विधा मध्ये २७ वटा स्वर्ण, २१ वटा रजत र १९ वटा कास्य पदक सहित ६७ पदक प्राप्त गरी प्रथम, तामाकोशी इङलिस बोर्डिङ स्कुले ५ स्वर्ण, २ रजत र ४ कास्य पदक गरी कुल ११ पदक प्राप्त गरेको छ भने तृतिय हुने कर्कलादेवीले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित कुल ९ पदक प्राप्त गरेको छ ।


विजयी खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश वस्नेत, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्