रामेछापमा डर लाग्दो दुर्घटनाः एम्बुलेन्स दुर्घटना हुँदा चालकको निधन एक गम्भीर घाइते



८ असार, रामेछाप ।
रामेछापमा बिरामी बचाउने एम्बुलेन्स नै दुर्घटनामा परेको छ । दुर्घटनामा परी एम्बुलेन्स चालकको निधन भएको छ भने एम्बुलेन्समा सबार एक जना गम्भीर घाइते भएका छन् ।
रामेछापको मन्थली नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालक नीरबहादुर श्रेष्ठको निधन भएको छ ।


जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । आज बिहान खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नं को नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बताए ।
उनका अनुसार मन्थली नगरपालिका ६ कुनौरी नजिकै भएको दुर्घटनामा सिन्धुली गोलन्जोर गाउँपालिकाका २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । चालकसँगै गएका सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्