सुनापती गाउँपालिकाको बजेट ४२ करोड



८ असार, रामेछाप ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि ४२ करोडको बजेट ल्याउने तयारी गरेको छ । यस आर्थिक बर्षको लागि सुनापती गाउँपालिकाले ३४ करोडको बजेट ल्याएको थियो ।

‘गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छौं’, सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले भने,‘४२ करोड भन्दा माथिको बजेट ल्याउने तयारी गरेका छौं ।’

गाउँपालिकाले वडाहरुको लागि पनि बजेटको सिलिङ तोकेर पठाएको छ । उनका अनुसार यस आर्थिक बर्षमा १५ लाख रुपैयाँ राजश्व संकलन हुने लक्ष्य पूरा भएको छ । सुनापती गाउँपालिकाका पाँच वटै वडाहरुले यस बर्ष समावेश गर्नुपर्ने योजनाहरुको बारेमा वडावासीहरुसँग परामर्श गरेका छन् ।
वडास्तरीय योजना छनोटको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रवक्ता कमल केसीले बताए । योजना छनोट गर्दा दिर्घकालिन रुपमा प्रभाव पर्ने खालका योजनालाई प्राथमिता दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्