उमाकुण्ड गाउँपालिकाको बजेट ४६ करोड ५६ लाख



९ असार, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि ४६ करोड ५६ लाख ४९ हजारको बजेट ल्याउने भएको छ ।

गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाले बजेटमा पूर्वाधार निर्माणमा प्राथमिकता दिएको रामेछाप न्युजलाई बताए ।

उनले भने,‘समृद्ध गाउँपालिका निर्माण गर्न गरी बजेट विनियोजन गरेर काम गछौं ।’ उनले लक्ष्य अनुसार नै राजश्व सकंलन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्