संसदमा सांसद नविना लामाको मागः बिमला तामाङको हत्याको सत्यतथ्य छानबिन हुनुपर्छ



९ असार, काठमाडौं ।
नेकपाकी सांसद नविना लामाले केही दिन अघि काठमाडौंको समता अस्पतालमा रहस्यमय ढंगले मृत्यु भएकी रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बाकी बिमला तामाङको हत्याको बारेमा सत्यतथ्य बाहिर ल्याउन संसदमा मा गरेकी छिन् । सोमवार संसदमा आफ्नो धारणा राख्दै उनले समता अस्पतालभित्र भएको रहस्यमय घटनाको यर्थाथ बाहिर ल्याउन माग गरेकी हुन् ।


लामाले राजधानीमा महिलाहरु असुरक्षित हुँदै गएको बताएको बताउदै समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङको रहस्यमय मृत्यु प्रकरण र राजधानीमा बढ्दै गएको सूई आतंकबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छिन् । उनले बिमला तामाङको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरिन ।

समता हस्पिटलमा कार्यरत कर्मचारी विमला तामाङको यही असार ३ गते अस्पताल परिसरभित्रै रहस्यमय मृत्यु भएको थियो । यस विषयमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन आफन्तहरुले शनिवार गौशलामा प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्