रामेछाप नगरपालिकाको बजेट ६४ करोड



१० असार, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७६।०७७ को लागि ६४ करोडको बजेट ल्याउने भएको छ । आज हुने नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी दालहाका अनुसार नगरसभामा प्रस्तुत हुने बजेट आगामी बैठकले संशोधन सहित पास गर्ने रामेछाप न्युजलाइ जानकारी दिए ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले नगरपालिकाले यस बर्ष कृषि र खानेपानीलाई प्राथमिता दिएको बताए । उनका अनुसार भौतिक पूर्वाधार निर्माणसँगै अन्य विकास निर्माणको काम अगाडि बढाइने छ । गत बर्ष करिब ५४ करोड बजेट ल्याएको नगरपालिकाले यस बर्ष ६४ करोडको बजेट तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्