गोकुलगंगा गाउँपालिकामा बैक खुलेपछि स्थानीयमा खुसीयाली



बिष्णु खड्का

११ असार, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकास्थित शिवालयमा बैंकको शाखा सञ्चालनमा आएपछि स्थानीय खुसीयाली छाएको छ । सनराइज बैँकले आफ्नो १०९ औँ शाखाको रुपमा गोकुलगंगा गाउँपालिका–१ शिबालय बजारमा स्थापना गरेको हो ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्क बहादुर सुनुवारले बैंकको उदघाटन गर्दै बैंंकको कारण कारोबार गर्न गर्न सहज भएको बताए । बैँक स्थापना गर्दा विकासको एउटा इट्टा थपिनुको साथै बैँकिङ क्षेत्रमा सबैले सहज रुपमा सेवा पाउने बताए ।

उनले चुचुरे शिवालय क्षेत्रलाई पर्यटन प्रर्बद्धन गर्न जट्टा पोखरी ,पाँच पोखरी लगायताका क्षेत्रको उचित प्रचार प्रसार गरी आन्तारिक तथा बाहिरे पर्यटकहरु भित्राउने योजना रहेको बताए ।
कार्यक्रममा गोकुलगंगा गाउँपालिका–१ का वडा अध्यक्ष मणिकुमार लामाले गोकुलगंगा गाउँँपालिका भित्र दुइवटा बैँक रहनु र एटिएम सहितको सनराइज बैँकको शाखा खोलिनु उपलब्धी रहेको बताए ।

कार्यक्रममा लिखु हाइड्रोपावरका , राजन कुमार खत्री, रोकट बस्नेत गौरीशंखर संरक्षण क्षेत्रका प्रमुम राजेन्द्र कुमार यादव सनराइज बैँकका बरिष्ठ प्रबन्धक दिपकराज जोसी,सनराइज बैँक बाम्तिभण्डार शाखाका शाखा प्रबन्धक सफल आचार्य लगायतले बैँकको बैक सञ्चालनले कारोबार गर्न सहज भएको बताएका थिए । बैँकले एटिएम सहितको कारोबार सुरु गरेका छ ।

प्रतिक्रिया दिनुहोस्