रामेछापबाट इसईई परीक्षामा तीन छात्र उत्कृष्ट



१२ असार, रामेछाप ।
यस बर्षको एसईई परीक्षामा रामेछाप जिल्लाबाट तीन जना छात्र उत्कृष्ट हुन सफल भएका छन् । सामुदायिक विद्यालयबाट मन्थली माविका अनिल श्रेष्ठ र कर्कला बोर्डिङ मन्थलीका रिवश अधिकारी र रोशन श्रेष्ठले बराबरी अंक ल्याउन सफल भएका छन् । तीन जनाले जिपिए ३.९५ ल्याएर उत्कृष्ट नतिजा हासिल गर्न सफल हुन् ।
मन्थली माविका शैक्षिक प्रमुख चन्द्रसिंह धामीले हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउन कोशिसमा लागेको बताए । उनले रामेछाप न्युजसँग भने,‘मन्थली माविमा विद्यार्थीहरुलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउने काममा अहोरात्र लागेका छौं ।’

अभिभावको साथ विद्यार्थीहरुको मेहनत र शिक्षकहरुको रातदिनको कोशिसले गर्दा नै मन्थली माविले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउदै उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरे ।
त्यसैगरी मन्थली माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अनिल श्रेष्ठलाई मन्थली क्याम्समा नै अध्ययन गरे निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउने भएको छ । उत्कृष्ट नजिता ल्याउन श्रेष्ठका बुबा मोहन श्रेष्ठ पनि सामुदायिक विद्यालयका शिक्षक हुन् ।

मन्थली माविले नीजि स्कुल भन्दा पनि राम्रो र गुणस्तरीय शिक्षा दिएकै कारण जिल्लाकै नमूना माविको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । शैक्षिक प्रमुख धामका अनुसार यस बर्षको एसईई परीक्षामा मन्थली माविबाट १६ जनाले ए प्लस र ३२ जना विद्यार्थीहरुले ए ल्याउन सफल भएका छन् ।

आगामी दिनमा थप राम्रो नतिजा ल्याउन गरी योजना बनाएको बताउदै धामीले विद्यार्थीहरुलाई पठनपाठनसँग अन्य क्षेत्रमा पनि उत्कृष्ट बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्