रामेछापको ८ स्थानीय तहको बजेट ४ अर्ब भन्दा माथि, होला त विकास ?



१३ असार, रामेछाप ।
राजन महरारा क्षेत्री
रामेछाप जिल्लाको आठ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०७६। ०७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् । जिल्लाका ६ वटा गाउँपालिका र दुई नगरपालिका गरी आठ वटा स्थानीय तहको कुल बजेट ४ अर्ब २४ करोड २२ लाख ९१ हजार बराबरको रहेको छ ।
मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ५३ लाख ९६,रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड २६ लाख ७३ हजारको बजेट ल्याएको छ ।

त्यसैगरी उमाकुण्ड गाउँपालिका ४६ करोड ५६ लाख ५० हजार, गोकुलगंगा गाउँपालिकाले ४५ करोड १२ लाख ५७ हजार, लिखुतामाकोशी गाउँपालिकाले ४८ करोड ११ लाख ४६ हजार, खाँडादेबी गाउँपालिकाले ६२ करोड २६ लाख ११ हजार, दोरम्बा गाउँपालिकाले ४६ करोड ३९ लाख र सुनापती गाउँपालिकाले ४२ करोड ९६ लाख ५८ हजारको बजेट ल्याएका छन् ।


आठ वटै स्थानीय तहले सडक, कृषि र खानेपानीलाई पहिलो प्राथमितामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्