प्रदेश नम्बर ३ को बजेट बहुमतले पारित



प्रदेश नम्बर ३ को बजेट बहुमतले पारित
१३ असार, हेटौडा ।
प्रदेश नं ३ प्रदेशसभाको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि विनियोजित बजेट बहुमतद्वारा पारित गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेटलाई पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले असार १ गते आगामी आवका लागि कूल रु ४७ अर्ब ६० करोड ७९ लाख बजेट प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको बैठकमा असार १० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा विभिन्न ६ मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमा दफावार छलफल भई आज बजेट पारित गरिएको हो ।

प्रदेश सभामुख श्रेष्ठले अर्को बैठक सूचना जारी नभएसम्मका स्थगित गरिएको जानकारी दिनुभएको थियो । प्रदेशसभामा १०९ प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्