रामेछापमा जम्मा ८ प्रतिशत मात्र धान रोपाइँ



१५ असार, रामेछाप ।
मध्य असार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष रामेछापमा धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म रामेछाप जिल्लामा जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा धेरै प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा पानी परेको कारणले जिल्लाका धेरै क्षेत्रहरुमा रोपाइँ भएको थियो ।


कृषि ज्ञान केन्द्र रामेछापका अनुसार यस वर्ष पानी नपर्नाले धान उत्पान घट्ने अनुमान गरिएको छ । यस वर्ष पानी नपर्दा किसानले लगाएका बालिनालीहरु मकै ,भटमास, कोदो खेतबारीमै सुकेका छन । दुःख गरेर लगाएको बालि नाली पँहेलै भएर सुक्दा किसानहरु चिन्तित भएका छन ।

प्रतिक्रिया दिनुहोस्