उमाकुण्ड गाउँपालिकाको मध्यमार्गी सडक जोडिएपछि खुसीयाली



बिष्णु खड्का
असार १५ रामेछाप । रामेछाप जिल्लाको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिकाको गौरबको आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाले गौरवको योजनामा राखेर अगाडि बढाएको गुम्देल–चरी–थाल्चे च्याँउके मध्यमार्गी सड्क सञ्जाल जोडिएपछि खुसीयाली छाएको छ ।

उमाकुण्ड गाउँपालिकाकी उपाध्पक्ष उर्मिलपा कार्कीले गाउँपालिकाको करिब २ करोड भन्दा बढी बजेटमा मध्यमार्गी सडक निर्माण गरिएको बताइन । उनका अनुसार गाउँपालिकासम्म बर्षादको समयमा पनि आवत जावत गर्न सहर्ज होस भनि बिभिन्न ठाउँमा सोलिङ अथवा सड्कको मध्ये भागमा जेसीसिबी राखेर पहिरो जान सक्ने ठाउँमा समाधान गरिनेछ ।


गाउँपालिकासम्म सड्क सञ्जाल जोडिएपछि गुम्देलदेखि भुजीसम्मका नागारिक खुसी भएका छन भने सड्कलाई हिउँद बर्षासम्म गाडी चल्न सक्ने ब्यबस्था मिलाउन गाउँपालिका लाई आग्रह पनि गरेका छन ।

प्रतिक्रिया दिनुहोस्