रामेछापको खाँडादेवीमा टाटासुमो दुर्घटना



१६ असार, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकामा टाटासुमो दुर्घटना भएको छ । टाटासुमो गाडी दुर्घटना हुँदा दस जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ । आज दिउसो ना १ ज ६४४१  टाटासुमा खाँडादेवी गाउँपालिकाको माइली बजारमा दुर्घटना हुँदा नेकपाका नेता ध्यान बहादुर तामाङ सहित दस जना घाइते भएको हुन् ।


खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार गम्भीर घाइतलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
घाइते हुनेहरुमा पवित्रादेवी थापामगर,पदम कुमारी थापामागर, चन्द्र बहादुर पाठक, रमा तामाङ, श्याम पहरी, मनिम बहादुर पहरी
अनिसा योञ्जन, सिताराम आचार्य,ध्यान बहादुर तामाङ र चालक गोपी रायमाझी रहेका छन् । टोकरपुरकी पदम कुमारी थापामगर र सुनुवारपानीका सिताराम आचार्यको अवस्था भने गम्भीर रहेको छ । गाडी सडकबाट करिब तीस मिटर तल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्