अर्थमन्त्री ढुंगेलद्धारा साझा यातायातलाई ३२ करोडको चेक हस्तान्तरण



१६ असार, काठमाडौं ।
साझ सहकारीले सञ्चालन गरिरहेको साझा यातायातले ३२ करोड प्राप्त गरेको छ । ३ नम्बर प्रदेश सरकारले ३० करोड र ललितपुर महानगरले साढे २ करोड रुपैयाँ लगानी गरेको हो । विद्युतीय बस सञ्चालनको लागि प्रदेश सरकार र महानगरले सहयोग गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको तर्फबाट चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रम प्रदेश ३ का मुख्यमन्त्री डोरमानि पौडेलले भविष्यको आवश्यकतालाई महसुस गर्दै प्रदेश ३ सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न लागेको बताए ।

४५ करोड रुपैयाँमा करिब ३० वटा बिजुली बस आउने अनुमान गर्दै, २० वटा बस काठमाडौंमा र अरू बस सडक राम्रो भएको हेटौंडा–नारायणगढ खण्डमा सञ्चालन गर्ने पौडेलको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्