नक्कली लाइसेन्स बनाउने रामेछापका मोक्तान प्रहरीको फन्दामा



१९ असार, काठमाडौं ।
नक्कली सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स बनाउने रामेछाप नगरपालिकाका मुनाल मोक्तान पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोक्तान सहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ का ४० वर्षीय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक सानो सिरुबारी–२ ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–८ का ३८ वर्षीया राधेश्याम नगरकोटी र काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–१ का २७ वर्षीय रुपेन्द्र दर्जी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट यातायात व्यबस्था विभागको नगदी रसिद, कम्प्युटर, प्रिन्टर, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, पेन ड्राईभ, पि.भी. सि. पेपर, विभिन्न व्यक्तिहरुको नागरिकता, यातायात व्यवस्था कार्यालयको अंग्रेजी छाप समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्