रामेछाप जिल्लाकै ठूलो राशीको फुटबल प्रतियोगीता हुँदै



राजन महतारा क्षेत्री

२० असार, रामेछाप । रामेछाप जिल्लाकै ठूलो राशीको फुटबल प्रतियोगीता हुने भएको छ । रामेछाप नगरपालिकामा प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।


असार २५ गतेदेखि फुटबल प्रतियोगीता सुरु हुने रामेछाप नगरपालिकाका खेल संयोजक रुकुम हायुले जानकारी दिए । प्रतियोगीतामा प्रथम , द्धितिय र तृतिय हुने टिमले क्रमश ३ लाख, २ लाख र १ लाखको साथमा मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने उनले जानकारी दिए ।


रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित टुँडिखेल मैदानमा हुने खेलमा प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको उदघाटन रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले जिल्लाकै अहिलेसम्मको ठूलो राशीको प्रतियोगीता हुन लागेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्