रामेछापमा मालश्री ट्रष्टको उदाहरणीय कामः विद्यार्थीलाई अवार्ड र अभिनन्दन



२१ असार, रामेछाप ।
मालश्री काफ्ले मेमोरियल ट्रष्ट, काठमाडौँले मन्थली नगरपालिका–४ सालु रामेछापमा संचालित सेतीदेवी उच्च माध्यमिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई मालश्री छात्रवृत्ति, मालश्री अवार्ड तथा एसइइ उत्तीर्ण विधार्थीहरुलाई अभिनन्दन गरेको छ ।

कार्यक्रममा २०७५ को एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र रोशन श्रेष्ठ र छात्रा भगवती मोक्तानलाई नगद र पदक सहित मालश्री अवार्ड प्रदान गरिएको थियो भने अन्य उत्तीर्ण ३४ जना विधार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको थियो । सोही विधालयमा अध्ययनरत कक्षा ११ र १२ का २१ जना विधार्थीहरुलाई रु.५ हजारका दरले छात्रवृति रकम प्रदान गरिएको थियो । स्कुलमा हाल १५० जना विधार्थीहरु अध्ययनरत छन् ।

कार्यक्रममा ट्रष्टकी अध्यक्ष श्रीमती निलीमा काफ्लेले विधार्थीहरुलाई केही हदसम्म भएपनि अध्ययनमा उत्साहा जगाउने उदेश्यले विगत ६ बर्ष यस खाले कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा उहाँले पदक वितरण थालेपश्चात विधार्थीहरुमा आएको उत्साहले प्राप्त नतिजाले आफु खुसी भएको र भविष्यमा अझ राम्रो गरेमा अन्य विभिन्न सहयोग गर्ने ट्रष्टको लक्ष्य रहेको अवगत गराउनुभयो ।
ट्रष्टका सदस्य तथा मिर्गौला बचाऔँ अभियानका संस्थापक अभियन्ता डा.ऋषि कुमार काफ्लेले उपस्थित विधार्थी शिक्षक तथा अन्य व्यक्तिहरुलाई मिर्गौला बचाउने तरिका, खानपान र मिर्गौला रोग बारे जानकारी गराउनु भएको थियो । सोही स्कुल नजिक सालु, ढुँगेछापमा जनरल स्वास्थ्य क्लिनीक संचालन सुरुवात गरिसकेको र उपस्थित विधार्थी, शिक्षक तथा अभिभावकलाई सो क्लिनीक बाट धेरै भन्दा धेरै लाभ लिन अनुरोध गर्नुभयो ।

विधार्थीहरुमा अनुशासनको धेरै महत्व भएको र जीवनका हरेक क्षणमा अनुशासन कायम रहेमा सफलता प्राप्त गर्न सकिने डा.काफ्ले ले बताउनुभयो । कार्यक्रममा ट्रष्टले बज्रमोहन शुभद«ादेवी स्मृती प्रतिष्ठान, काठमाडौबाट प्राप्त विधालयका ७ देखि १० कक्षासम्म अध्ययनरत जेहेन्दार १० जना विधार्थीलाई जनही ४ हजारका दरले नगद प्रदान गरेको थियो । त्यसै गरि कार्यक्रममा समाजसेवी ऐलीजा बैधबाट प्राप्त रु.५० हजार रकम कक्षा १ मा अध्ययनरत विधार्थीहरुलाई प्रदान गर्न ट्रष्टले विधालयलाई हस्तान्तरण गरेको थियो ।

रामेछापको सालुमा जन्मी ५ कक्षा सम्म सोही स्कुलमा पढ्नुभएका नेपालका बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेको छोरी मालश्री काफ्लेको सम्झनामा खोलीएको ट्रष्टले रामेछापका विभिन्न स्कुलमा जेहन्दार विधार्थीहरुलाई छात्रवृत्ति रकम, रामेछाप बजार तथा गोठगाउँमा एम्बुलेन्स वितरण, ढुँगेछापमा स्वास्थ्य केन्द्र संचालन, नेपालका विभिन्न ठाउँहरुमा निशुल्क स्वास्थ्य कार्यक्रम तथा बालबच्चा तथा बृद्धबृद्धालाई निशुल्क भोजन संचालन गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
5Yn5OGnUdeGFu, Ggy8N4oz83, To77MZyh, SoOxRMvtJP9, JDvmaG0dvZ9lCDzt, rEPC6fKS3, r9qX2iLZZezueKD, BG8STFnjoKw9L, Scp4D, irNs1eM7hb