गुणस्तरीय शिक्षामा ध्यान दिएका छौः अध्यक्ष तामाङ



२१ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाले गुणस्तरीय शिक्षामा ध्यान दिएको बताएका छन् । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिएको बताएका हुन् ।

खाँडादेवी गाउँपालिका–६ माकादुममा नवनिर्मित बिष्णु जनज्योति माविको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले भौतिक पूर्वाधार विना गुणस्तरीय शिक्षा प्रदान गर्न सम्भव नहुने बताए । खाँडादेवी गाउँपालिकामा रहेको ५९ वटा विद्यालय मध्य १२ वटा मावि रहेका छन् ।


छात्रछात्रा शौचालय सहित सहित ४ वटा भवन रहेको नवनिर्मित विद्यालय १९ कोठे रहेको छ । लुम्बिनी÷खानी जेभीले निर्माण कम्पनीले ६ करोड ६९ लाख लागतमा निर्माण गरेको विद्यालय भवनको डिजाइन र सुपरभिजन इआरएमसी कन्सल्टेन्ट कम्पनीले गरेको हो । आधुनिक र सुविधा सम्पन्न विद्यालयको भवन निर्माण भएपछि विद्यार्थी खुसीले दंग भएका छन् ।

प्रतिक्रिया दिनुहोस्