रामेछाप नगरपालिकाको बजेट सार्वजनिक कुन योजनामा कति बजेट ? (सूचिसहित)



राजन महतारा क्षेत्री

२५ असार, रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक बजेट तथा कार्यक्रम सार्वजानिक गरेको छ । रामेछाप नगरपालिकाले ६७ करोड ४ लाख २३ हजारको बजेट सार्वजनिक गरेको हो ।
रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले पाँचौ नगरसभामा सार्वजनिक गरेको बजेट अन्तर्गत चालु खर्चतर्फ ४२ करोड १५ लाख ४० हजार र पुँजीगत तर्फ २४ करोड ८८ लाख ८३ हजार विनियोजन गरिएको छ ।


नगरको गौरवको योजना भालुखोप भ्यु टावरलाई १ करोड, नगरको गौरवको अर्काे योजना पुष्पलाल कोलञ्जोरघाट सडकको लागि ६० लाख विनियोजन गरेको नगरस्तरीय कृषि तथा पशु क्षेत्रमा १ करोड, नगरस्तरीय खानेपानी, मुहान संरक्षण,पोखरी निर्माण र लिफ्ट खानेपानीको लागि १ करोड, शिक्षातर्फ १० लाख,सहकारी प्रवद्र्धनमा १० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी खेलकुद,महिला,बालवालिका,जेष्ठ नागरिक,दलित,अपाङ तथा जनजातिलाई लक्षित गरी ४५ लाख,नगरस्तरीय वातावरण संरक्षणका लागि १० लाख,विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा व्यवस्थापनको लागि १ करोड बजेट विनियोजन गरेको छ ।


जातिय हिसाबले हायु लोपोन्मुख जाति बसोबास गर्ने नगरपालिका भएकाले भाषा,सस्कृति संग्रहलयको लागि नगरले १० लाख बजेट विनियोजन गरेको छ । साथै रामेछाप नगरपालिकालाई समृद्ध न्याय सेवा प्रदान गर्न १५ लाख बजेट विनियोजन गरेको छ ।

पुर्वाधार विकास तथा सडक स्तरउन्नती
देउरालीडाँडा लहरेनी लेखडाँडा गोगनेडाँडा हुदै वडा नं १ को वडा कार्यालय सम्मलाई वडा नं १ र २ लाई ३० लाख, कमलवारी वाँकीमैरी साघुँटार सडक योजनालाई वडा नं ३ लाई १० लाख, धमनीछाप फुन्द्रिखोला,वोलङवोलङ सडक स्तरउन्नतीलाई वडा नं ४ लाई ३५ लाख, रामपुर वसन्तपुर चुकीयाघाट सडक वडा नं ५ लाई २० लाख, च्यास्कु सिमलभज्याङ गोल्माटार डान्सिङटार सडक वडा नं ६ लाई १० लाख , विर्ता धनेघाट सडक वडा नं ७ लाई १५ लाख, भेटेनरी वादी सिमन्ती हुदै डुडे सडक वडा नं ८ लाई १५ लाख र मानेडाँडा राताटार हर्देनी सडक वडा नं ९ लाई १५ लाख बजेट विनियोजन गरेको छ ।
नगरस्तरीय खानेपानी योजनाहरु

थाक्लेबेसी लिफ्ट खानेपानी वडा नं ३ ७ लाख,चायखोला खानेपानी योजना वडा नं ४ १० लाख,काफ्लेखोला मुहान साइटार खानेपानी योजना वडा नं ५ १५ लाख,लामपाते लिफ्ट खानेपानी योजना वडा नं ६ २३ लाख,कालिकुवा ड्रिल सिँचाई योजना वडा नं ७ २० लाख ,केवलेश्वर ड्रिल सिँचाई योजना वडा नं ८ २० लाख र खानेपानी पाइप सहयोगको लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।

उर्जामा १३ लाख ४५ हजार,कृषि १० लाख,पशु स्वास्थ्य ६ लाख ४५ हजार,खेलकुद १ लाख,शिक्षा १५ करोड,झोलुङगे पुल २० लाख,स्वास्थ्य ३ करोड ३९ लाख ९७ हजार,प्रधानमन्त्री रोजगार कार्यक्रम ४ लाख ९३ हजार,सडक बोर्ड अनुदान ५० लाख र सामाजिक सुरक्षा भत्तामा १४ करोड रुपैया बजेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्