रामेछापमा अविरल बर्षाः पहिराेले बगाएर एक महिलाको मृत्यु



२७ असार, रामेछाप ।
रामेछापमा अविरल बर्षासँगै आएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ । अविरल बर्षाकोको कारण घर नजिकै रहेको गोठमा भैसीलाई घाँस हाल्न जाने क्रममा रामेछाप नगरपालिका–५ रामपुरकी ७० बर्षिय पदम कुमारी सुनुवारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले पदम कुमारीसँग एउटा भैसी पनि पहिरोले बगाएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पहिरोको कारण ४५ बर्षिय असली सुनुवार घाइते भएकी छिन् । घाइतेको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्