बर्षाको कारण मन्थली–खुकोट सडक अवरुद्ध



२७ असार, रामेछाप ।
रामेछापबाट राजधानी काठमाडौँ जाने प्रमुख नाका मन्थली–खुर्कोट सडक अवरुद्ध भएको छ । गत रातीदेखि नै ठाउँठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेल रामेछाप न्युजलाई बताइन ।

उनका अनुसार अहिले स्काभेटर र जोडर लगाएर पहिरो हटाउने काम भइरहेको छ । जसको कारण आज बिहानदेखि नै राजधानी आउने जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्