अपडेटः अवरुद्ध मन्थली–खुर्कोट सडक आशिंक रुपमा सुचारु




२७ असार, रामेछाप ।
आज बिहानबाट अवरुद्ध भएको रामेछापबाट राजधानी काठमाडौँ जाने प्रमुख नाका मन्थली–खुर्कोट सडक आशिक रुपमा सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा मन्थली नगरपालिका, उद्योग व्यवसायीको प्रयासमा अवरुद्ध सडक आशिकं रुपमा सुचारु भएको हो ।


रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले बिहानदेखि सडक अवरुद्ध भएको कारण रोकिएका सवारी साधनलाई मन्थली आउने र काठमाडौं जाने व्यवस्था गरिएको बताइन । उनले पानी पर्ने क्रम जारी रहेकाले रातीको समयमा यातायात सञ्चालन नगर्न पनि आग्रह गरेको बताइन ।

प्रतिक्रिया दिनुहोस्