अबरुद्ध मन्थली खुर्कोट सडक खुल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह



३० असार, रामेछाप ।
अविरल बर्षाको कारण आएको पहिरोको कारण अवरुद्ध भएको मन्थली खुर्कोट सडक खण्ड सञ्चालनमा आएको छ । तीन दिनपछि स्थानीय प्रशासन, मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बलको प्रयासमा खुर्कोटस्थित पुलमा आएको पहिरो पन्छाइएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले। निरन्तर पयासबाट खुर्कोटको अबरोध हटाउन सफल भएको बताइन । उनले सडक सुचारु गराउने सहयोगीहरूलाई धन्यवाद दिदै अझै वर्षा भैरहेकाले उच्च जोखिम रहेकाले उच्च सावधानिका साथ यात्रा गर्न र रातिको समयमा यात्रा नगर्न आग्रह गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्