गाल्वा–दोरम्बा–टोकरपुर सडक सुचारु



१ साउन, रामेछाप ।
अविरल बर्षाको कारण अवरुद्ध भएको दोरम्बा गाउँपालिकाको केन्द्र जोडने मुख्य सडक गाल्वा–दोरम्बा–टोकरपुर जोडन सडक सुचारु भएको छ । गाउँपालिकाले अग्लेश्वरी लगायत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि पाँच दिनदेखि अवरुद्ध भएको यातायात सुचारु भएको हो ।

गाउँपालिकाको आफ्नो मेसिन प्रयोग गरेर सडकको अवरोध हटाएपछि यस बर्ष बर्षाको समयमा पनि जोखिम मानिएको अग्लेश्वरबाट यातायात सञ्चालन हुने भएको छ । दोरम्बा गाउँपालिका र तीन नम्बर प्रदेश सरकारको लगानीमा गाल्वा दोरम्बा सडकमो सोलिङ गर्ने, नाला निर्माण गर्ने काम भएसँगै बर्षाको समयमा पनि निर्वाध रुपमा गाडी चल्ने भएको छ ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले अवरुद्ध गाल्वा दोरम्बा टोकरपुर जोडन सडक पूर्ण रुपमा सञ्चालनमा आएको रामेछाप न्युजलाई बताए । गत बर्ष डेढ महिनासम्म अवरुद्ध भएको सडक यस बर्ष पाँच दिन मात्र अवरुद्ध भएको बताउदै यस बर्ष निर्वाध रुपमा यातायात सञ्चालन हुने बताए ।

स्थानीय उदय राना मगरले विगतको बर्षाजस्तो यस बर्ष दोरम्बा गाउँपालिकाका बासिन्दाले सास्ती झेल्नु नपर्ने गरी सडक निर्माण भएको बताए । उनले बर्षाको समयमा पनि निर्वाध रुपमा यातायात सञ्चालन गराउन गाउँपालिकाले खेलेकोप्रति खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्