रामेछापका पहिरो पीडित सुनुवारको परिवारलाई प्रशासनको १ लाख राहत



राजन महतारा क्षेत्री
३ साउन, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५ रामपुर दाइजोरमा गत साता अविरल वर्षासँगै आएको पहिरोले गोठ भित्किएर किच्दा ज्यान गुमाएकी पदम कुमारी सुनुवारको परिवारलाई जिल्ला प्रशासन कार्यालय रामेछापले राहत उपलब्ध गराएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी सहितको टोली वडा नम्बर ५ को वडा कार्यलय पुगेर पीडित परिवारलाई नगद १ लाख रुपैयाँ सहित त्रिपाल, कपडा लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
राहत रकम हस्तान्तरण गर्दै प्रजिअ केसीले पहिरोमा परी ज्यान गुमाउनेको क्षतिपूर्ति पैसाले परिपुरण नहुने भन्दै सरकार सधै पीडितसँगै रहेको बताइन । यसअघि मृतकका परिवारलाई रामेछाप नगरपालिकाको तर्फबाट २० हजार नगद र नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा रामेछापले मृतकका परिवारलाई त्रिपाल, , खाना पकाउने र खाने एकसरो भाडाँकुडा, खानेकुरा, कपडा लगायतका सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्