अध्यक्ष प्रचण्ड र अर्थमन्त्री ढुंगेलबीच भेटवार्ता



३ जेठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलबीच भेटवार्ता भएको छ । पार्टीको समसामयिक राजनीतिक घटनाक्रम र तीन नम्बर प्रदेशको राजधानीको विषयमा कुराकानी भएको हो ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्डले तीन नम्बर प्रदेशलाई विवादरहित ढुंगले सञ्चालन गर्न सक्नु प्रदेश सरकारको सफलता भएको बताएका थिए । भेटको क्रममा अर्थमन्त्री ढुंगेलले तीन नम्बर प्रदेश सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम र आगामी योजनाको बारेमा प्रचण्डलाई जानकारी गराएका थिए ।

भेटवार्तापछि रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले भने,‘प्रदेश सरकार सञ्चालन, प्रदेशको राजधानी र पार्टीभित्रको समसामयिक राजनीतिको बारेमा अध्यक्ष प्रचण्डसँग कुराकानी भएको भएको हो ।’

प्रदेश सरकारको नाम र राजधानीको बारेमा भने प्रचण्डले प्रदेश सरकारका सांसदहरु नै निर्णय गर्न स्वतन्त्र रहेको जवाफ दिएका थिए । भेटमा ढुंगेलले दुवै अध्यक्षलाई मिलेर अगाडि बढन आग्रह गर्दा आफूहरु काँधमा काध र हातमा हात मिलाएर अगाडि बढन तयार रहेको बताए थिए ।


मन्त्री ढुंगेलले भने,‘दुवै जना अध्यक्ष मिलेर मात्र पार्टी एकताको बाँकी काम सम्पन्न गरेर यो पार्टीलाई सही गन्तव्यमा पुर्याउन सक्नुहुन्छ ।‘दुवै जना अध्यक्ष मिलेर मात्र पार्टी एकताको बाँकी काम सम्पन्न गरेर यो पार्टीलाई सही गन्तव्यमा पुर्याउन सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्