नेकपा रामेछापको इन्चार्जमा पौडेल, सह–इन्चार्जमा ढुंगेल र श्रेष्ठ



५ साउन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकीकरण भएको पन्ध्र महिनापछि जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्य विभाजन गरेको छ ।


बैठकले रामेछापको जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य देवशकंर पौडेललाई बनाएको छ भने सह–इन्चार्जमा नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेल र श्यामकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ । ढुंगेल तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हुन भने श्रेष्ठ प्रतिनिधिसभाका सांसद हुन् । जिल्ला इन्चार्ज भएका पौडेल पूर्व एमालेका रामेछाप जिल्ला इन्चार्ज थिए ।

प्रतिक्रिया दिनुहोस्