रामेछापमा जताततै पहिरोको जोखिमः पाँच हजार ग्याबिङ आवश्यक



७ साउन, रामेछाप ।
अव्यवस्थित रुपमा सडक निर्माण गरिएको कारण रामेछाप जिल्लाभित्र पहिरोको जोखिममा परेको छ । एक साता अघि परेको अविरल बर्षाको कारण पहिरोको जोखिममा परेको हो ।

स्थानीय तहले मुख्य सडकको अवरोध पन्छाएर यातायात सुचारु गरेपछि अधिकाशं सडकहरु सञ्चालन नहुने गरी पहिरो खसेको छ । स्थानीय तहको सरकार गठन भएपछि सबै भन्दा बढी लगानी सडकमा गरेका छन् । प्राविधिक अध्ययन विना नै निर्माण गरिएका सडक अहिले उच्च जोखिमा परेका छन् । सडक निर्माणको कारण बस्ती नै जोखिममा परेका छन् ।


रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले एक साता अघि परेको अविरल बर्षाको कारण पहिरोको जोखिम बढेको रामेछाप न्युजलाई बताइन । उनका अनुसार सडक निर्माण नै पहिरोको जोखिम बढेको हो ।

‘पहिरो रोकथाम गर्नको लागि पाँच हजार थान भन्दा बढी तार जाली (ग्याबिङ)को माग भएको छ, तर हामीसँग एक सय थान मात्र जाली छ ।’ तार जाली माग धेरै छ, हामीले उपलब्ध गराउन सक्ने अवस्था छैन, तीन नम्बर प्रदेश सरकारसँग माग गरेका छौ, प्रजिअ केसीले भनिन । रामेछापको आठ वटै स्थानीय तहका विभिन्न क्षेत्रमा बर्षाको कारण बाढी जाने जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्