प्रदेश तीनको राजधानी र नाम छिट्टै घोषणा हुन्छः मन्त्री ढुंगेल



७ साउन, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको राजधानी र नाम छिट्टै टुंगो लाग्ने दावी गरेका छन् । उनले अब बस्ने पहिलो संसद अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने बताएका हुन् ।


रामेछापको सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ढुंगेलले प्रदेशको राजधानीको बारेमा आधिकारिक निर्णय हुन मात्र बाँकी रहेको बताए । उनले प्रदेशको स्थायी राजधानीका लागि काभ्रे, नुवाकोट, हेटौडा लगाएतका जिल्लाहरु प्रस्ताव भए पनि संवैधानिक विधि र प्रक्रिया अनुसार टुङगो लाग्ने बताए ।

मन्त्री ढुंगेलले प्रदेश तीन सरकारले योजना बैंक बनाएर विकासका काम गर्ने योजना बनाएको भएपनि प्राविधिक कठिनाइएको कारण योजना कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे । उनले आगामी दिनमा योजना बैंक माफृत नै अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले ठूला योजनाहरु सञ्चालन गर्ने र साना योजना स्थानीय सरकार मार्फत नै सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्