१० दिनभित्र रामेछापको सबै स्थानीय तहको एकताको टुंगो लाग्छः श्रेष्ठ



८ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले १० दिनेभित्र सबै स्थानीय तहमा संगठनको एकता टुंगो लाग्ने दावी गरेका छन् । उनले स्थानीय तहका संगठनको एकताको कामले तीव्रता पाएको बताउँदै कार्यकर्ताहरुलाई कत्ति पनि विचल्लीत नहुन आग्रह गरे ।


पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप जिल्लाका सह–इन्चार्ज समेत रहेको सांसद श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुंगो लगाएर गाउँगाउँमा अभियान सञ्चालन गरिने बताए ।
रामेछाप जिल्लाको लागि आफु केन्द्रमा बसेर रात दिन खटेको बताउदै उनले जिल्लाको विकास तीब्र गतिमा भइरहेको दावी गरे । सांसद श्रेष्ठले विगत र अहिलेको विकासको तुलना गर्न पनि नागरिकहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्