रामेछाप नगरपालिकाको नाम पुष्पलाल नगरपालिका बन्छः मन्त्री ढुंगेल



८ साउन, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले अबको २ वर्ष भित्रमै रामेछाप नगरपालिकाको नाम पुष्पलाल नगरपालिका राखिने बताएका छन् ।

उनले जिल्लाको नाम पनि रामेछाप अनि नगरपालिकाको नाम पनि रामेछाप असहाउँदो भएको हुँदा मूलुक परिवर्तनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकै नामबाट नगरपालिकाको नाम राखिने बताएका हुन् ।


हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति मन्दिरमा दर्शनार्थीहरुको भिड बढे जस्तै सबै कम्युनिष्टहरुको भिड रामेछापको भंगेरीमा बढ्ने मन्त्री ढुंगेलले दावी गरे ।

आफुलाई पार्टीले दिएको सह–इन्चार्जको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दैउनले आफुले जिल्लामा आर्थिक संकट कदापी निम्तिन नदिने बताए । जिल्लाभित्र कृषि क्षेत्रमा काम गर्छु भन्नेहरुका लागि कार्यक्रम सहित प्रस्ताव पेश गर्न आग्रह गर्दै मन्त्री ढुंगेलले पैसाको अभावमा केही गर्न सकिएन भनेर चिन्ता लिने दिन अब नरहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औ स्मृति दिवसको असवरमा पुष्पलाको जन्मथलो रामेछापको भंगेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले भंगेरीलाई कम्युनिष्टहरुको अध्ययन केन्द्रको रुपमा विकास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्