तीन लालको जन्मभूमि रामेछापको भँगेरीमा अन्तर्राष्ट्रियस्तरको पार्क



९ साउन, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाभित्र रहेको पुष्पलालको जन्मभूमि भँगेरीमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण हुने भएको छ । रामेछापका प्रदेशसभा सांसद एवं नेकपाका जिल्ला सचिव शान्ति पौडेलले अब रामेछाप भंगेरीमा विकासको लहर बढने बताएका छन् ।

उनले भंगेरीमा अन्तराष्ट्रियस्तर पार्क निर्माण गर्नका लागी ५२ रोपनी जग्गा अधिकरण भएर मुआब्जा वितरणको काम समेत सकिएको बताए । सांसद पौडेलले अब भंगेरीमा बन्ने भौतिक संरचना लगायतको डिपिआरको काम अगाडी बढिरहेकाले विस्तारै भंगेरीले मुहार फेरिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्