रामेछापको तामाकोसी नदीमा सेल्फी खिच्दा एक युवतीको मृत्यु



राजन महतारा क्षेत्री

१० साउन, रामेछाप । रामेछापमा सेल्फी खिन्चे क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृत्यु भएको छ । भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्यको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा नदिमा खसेर मृत्यु भएको हो ।

कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यको शव मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालले करिब पाँच किलोमिटर माथिबाट बगाएकाले उपचारको क्रममा कर्मचार्यको ज्यान गएको बताए ।

उनका अनुसार मृतक युवतीको शव पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार मृतक युवती दोलखा घुम्न जाने क्रममा बाटोमा सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्