पुष्पलाललाई राष्ट्रिय बिभूती घोषण गर्न माग



१० साउन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय बिभुती घोषणा गर्न माग गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता आलोक रायमाझीले सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री मार्फत प्रधानमन्त्री केपी शर्मा ओलिलाई राष्ट्रिय विभूति घोषणा गर्न ज्ञापनपत्र बुझाएका हुन् । उक्त पत्र संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धन बहादुर बुढालाई बताइएको छ ।
नेकपाका संस्थापक महासचिव भए पनि पुष्पलाललाई नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले भुल्दै गएको अवस्थामा कम्युनिस्ट आन्दोलनमा जीवनकाल भरी सम्पुर्ण रुपले उच्च इमानदारीसाथ समर्पित व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।

स्वतन्त्र राष्ट्रिय चिन्तक, बैचारिक राजनीतिक एवं पार्टी संगठनमा बैज्ञानिक योगदान गर्ने क्रान्तिकारी ब्याक्तित्व भएकाले पुष्पलालको योगदानहरुको उच्च मुल्यांकन गरी राष्ट्रिय बिभुती घोषणा गर्ने नेकपा केन्द्रका अध्यक्ष गोपाल किराती नेतृत्वको पार्टीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्