रामेछाप–सिन्धुली जोडने बहुचर्चित पुल प्रचण्डले उदघाटन गर्दै



१९ साउन, रामेछाप ।
एघार बर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोडने खैरेनीघााटको पुल निर्माण सम्पन्न भएको छ । पुलको आज पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड खैरेनीघाट आइपुगेका छन् ।

रामेछापको सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिकाको आयोजनामा नवनिर्मित पक्की पुलको उदघाटन गर्न लागिएको हो । करिब नब्बे मिटर लम्बाई रहेको पुल एघार बर्ष अघि निर्माण थालिएको थियो । तीन बर्षको अवधिमा निर्माण सुरु गरिएको पुल निर्माण व्यवसायीको हेलचेक्रयाइँको कारण ढिला भएको थियो ।

करिब नौ करोड लगानीमा निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएपछि रामेछापवासीले बर्षौदेखि पुल नहुँदा खेप्दै आएको सास्ती हटने भएको छ । तत्कालिन रामेछापका संविधानसभा सदस्य डिल्लीमान तामाङको पहलमा पुल निर्माणको काम अगाडि बढेको थियो ।

सरकारले पुल निर्माणमा ढिलाइ गर्ने निर्माण व्यवसायी लामा÷खन्पाचे÷कन्काई जेभीलाई कालोसूचिमा राख्ने सूचना प्रकाशित गरेपछि डेढ बर्ष अघिबाट पुल निर्माणको कामले गति लिएको थियो । कन्काई निर्माण सेवाका सञ्चालनक राम मैलानीले उक्त पुल निर्माणको काम सम्पन्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्