कर्मचारीको नयाँ तलबमान तोकियो, कसको कति ? (सूचीसहित)



२० साउन, काठमाडौं । सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौंको ५९ हजार २५ सम्म छ ।

प्रतिक्रिया दिनुहोस्