११ बर्षपछि रामेछापवासीमा छाएको खुसी



२० साउन, रामेछाप ।
एघार बर्ष अघि तीन बर्षभित्र सम्पन्न हुने गरी रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पुल निर्माणको कार्य थालिएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीको कारण निर्माण सुरु भएको ११ बर्षपछि आएर पुल निर्माण सम्पन्न भएको छ ।

नवनिर्मित पुलको पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरेपछि रामेछापको तीन गाउँपालिकाबाट राजधानी काठमाडौं आवतजावत गर्न सहज भएको छ । बर्षाको समयमा रोशी खोलाको सास्ती खेप्दै आएका रामेछापवासीलाई ठूलो राहत मिलेको छ ।

रामेछापको सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई पुल निर्माण भएपछि ठूलो राहत भएको छ ।

प्रतिक्रिया दिनुहोस्