जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गर्यो कडा सूचना



२२ साउन, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली सेनाले लगाउने पोशाक लगाए कारवाही हुने विज्ञप्ती जारी गरेको छ । सैनिक पोशाक दुरुपयोग भएको भन्दै सरकारले सैनिक पोशाक गैर सैनिक व्यक्तिहरुले प्रयोग गर्न नपाउने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै नेपाली सेनाले प्रयोग गर्ने विभिन्न प्रकारका पोशाकहरु मध्ये क्यामोफ्लाइज कपडा स्थानीय बजारहरुमा बिक्री गर्ने गरेको पाइएको र नेपाली सेनाले मात्र प्रयोग गर्ने गरिएको, क्यामोफ्लाइज कपडा वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन रक्षक तथा निजी क्षेत्रका केही सुरक्षा गार्ड ,गैर सैनिक व्यक्त तथा अपराधिक कार्यमा संलग्न व्यक्ति तथा समुहले प्रयोग गर्ने गरेको पाइएका उक्त कपडा सैनिक व्यक्ति बाहेक अन्य गैर सैनिक व्यक्तिहरुले प्रयोग गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ ।

रामेछापका निमित्त प्रमुख जिल्ला अधिकार रामप्रसाद भट्टराईद्धारा जारी गरिएको सूचनामा नेपाली सेना बाहेक अन्य कसैले सैनिक पोशाक खरिद बिक्री तथा प्रयोग गरेको देखिएमा कानुन बमोजिम कारवाही हुने समेत जानकारी गराएका छन् ।

यस्ताे छ सूचना

प्रतिक्रिया दिनुहोस्