रामेछापका घिमिरले प्राप्त गरे अन्तर्राष्ट्रिय अवार्ड



२५ रामेछाप ।
रामेछापका गोविन्द्र प्रसाद घिमिरेले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । उनले सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत अवार्ड प्राप्त गरेका हुन् । रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव घिमिरेलाई भारतको हिमाचल प्रदेशको भुट्टीको विवर्स सोसाईटीले अवार्ड प्रदान गरेको हो ।


हिमाचलको कुल्लु जिल्लामा आयोजित एक कार्यक्रममा घिमिरेलाई कुल्लु जिल्लाकी डेपुटी कमिसनर डा. ऋचा शर्माले नगद पुरस्कारसहित उक्त अवार्ड प्रदान गरेकी हुन् । झण्डै करिब ३० वर्ष रामेछापको ग्रामीण क्षेत्रमा सहकारी व्यवसायमार्फत सदस्यहरुको आर्थिक सबलीकरणमा घिमिरेले खेल्दै आएको भूमिकाकै कारण अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्