कुनै पनि हालतमा प्रदेश ३ को राजधानी हेटौडाबाट सर्दैनः मुख्यमन्त्री पौडेल



२६ साउन, हेटौडा ।
देश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्य नसर्ने बताएका छन् । आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताएका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताए । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको बताउदै उनले भने,‘हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु ।’
केही दिन अघि राजधानी काठमाडौंमा सम्पादलहरुसँगको भेटमा उनले प्रदेशको राजधानी रामेछाप वा नुवाकोट पनि हुन सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्