भुकम्प पीडितलाई खाता सक्रिय राख्न पुननिर्माण प्राधिकरणको अनुरोध



२७ साउन, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरेका छन् ।

समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने पनि उनले जानकारी दिए । प्राधिकरणको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्