मन्थली विमानस्थलाई पर्यटकीय हब बनाउने पर्यटन मन्त्रीको प्रतिबद्धता



२८ साउन, काठमाडौं ।
राजधानी काठमाडौंबाट नजिक रहेको मन्थली विमानस्थललाई पर्यटकीय हव बनाउनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले प्रतिबद्धता जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यस्त हुँदा आन्तरिक उडानमा पनि ढिलाइ हुने समस्या समाधान गर्न बढी उडान हुने लुक्लाको लागि मन्थली विमानस्थलाई प्रयोग गर्ने गृहकार्य अगाडि बढेको छ ।

मन्त्री भट्टराईले यस अघि त्रिभुवन विमानस्थल तीन महिना मर्मत गर्ने क्रममा वैकल्पिक रुपमा मन्थली विमानस्थलबाट लुक्ला उडान भएकाले आगामी दिनमा पनि निरन्तरता दिन सकिने बारेमा आफू सकारात्मक रहेको बताएका छन् ।
नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलको नेतृत्वमा गएको टोलीसँगको छलफलको क्रममा मन्त्री भट्टराईले मन्थली विमानस्थललाई व्यवस्थित रुपमा पर्यटनको हब बनाउने बारेमा आफूले सक्दो काम गर्ने बताए ।

भेटपछि जिल्ला इन्चार्ज पौडेलले भेटघाट सकारात्मक भएको बताउदै भ्रमण बर्ष २०२० लाई मध्य नगर राख्दै व्यवस्थ्ति पर्य६न हब बनाउनु पर्ने बारेमा मन्त्रीलाई ध्यानाकर्षण गराइएको रामेछाप न्युजलाई बताए । मन्त्री भट्टराईले हाल निर्माणाधिक मध्य पहाडी लोकमार्गको बारेमा पनि चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्